लक्ष्य:
मेधावी, जेहेन्दार तथा विपन्न छात्रालाई छात्रवृत्ति तथा पाठशालाको पूर्वाधारमा सहयोग पुर्याउने हेतुले निम्न क्षेत्रमा कार्य गर्ने:
-
छात्रवृत्ति प्रदान गर्ने ।
-
अतिरिक्त क्रियाकलापमा संलग्न गराउन अवसर प्रदान गर्ने ।
-
अध्ययनमूलक भ्रमणको सम्पूर्ण व्यवस्था मिलाउने ।
-
शीपमूलक अध्ययन र तालिममा छात्रवृत्ति दिने ।
-
शिक्षासँग सम्बन्धित आधारभूत (पुस्तकालय, शौचालय, विद्युतीय यान्त्रिक प्रविधि, सरसफाई, खेलकूद, सन्तुलित आहार तथा चेतनामूलक कार्यक्रम आदि) कार्यहरूलाई आवश्यकता अनुसार कार्यान्वयन गर्ने ।
शुरूवात कार्यः
फाउन्डेशनको शुरुवात समृद्धिको पुर्खौली घर सर्लाहीको सीसौटबाट गरिएको हो । औसतमा हेर्ने हो भने शिक्षामा सर्लाही जिल्ला न्युन दर्जामा पर्दछ । त्यसमा पनि सीसौट गाउँ उच्च गरिवीका साथै पिछडिएका, विपन्न समुदायहरुको वसोवास भएकोले यहाँबाटै शुरुवात गरिएको हो । सीसौटस्थित श्री वागमती माध्यमिक विद्यालयमा दुई जना छात्रालाई कक्षा १० सम्मकालागि छात्रवृत्ति प्रदान गरिएको छ । छात्राहरुको आर्थिक, शैक्षिक, सामाजिक वस्तुस्थितिबारे सर्वेक्षण पश्चात लगानीको कार्य नीति तयार गरिएको छ ।
भावी कार्यः
-
छात्रवृत्ति: छात्रवृत्तिलाई क्रमश १२ कक्षासम्म पुर्याउने र वृद्धि गर्दै जाने ।
-
पुस्तकालय: पुस्तकालय सञ्चालनार्थ तालिम, पुस्तक सङ्कलन, पूर्वाधार व्यवस्था, कम्प्युटर प्रविधि सहयोग गर्ने ।
-
स्वास्थ्य परीक्षण: विद्यार्थीको स्वास्थ्य परीक्षण नियमित रुपमा गराउने । विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासका लागि खेलकूदको पूर्वाधारमा सहयोग गर्ने ।
-
सीपमूलक अभिमुखीकरण तालिम: शिक्षक / शिक्षिकाहरु लाई आवश्यक तालिम प्रदान गर्ने । विद्यार्थी, शिक्षक र अभिभावकवीच स्थानीय र राष्ट्रिय व्यक्तित्वहरुबाट प्रेरणादायी कार्यक्रम सञ्चालन गर्ने ।
-
शैक्षिक भ्रमण: कला, सङ्गीत, मौलिक सस्कृतिबारे जानकारीमुलक भ्रमण गर्ने / गराउने ।
-
चेतनामूलक कार्यक्रम: नैतिक शिक्षा, दुव्यर्सन र व्यक्तित्व विकासबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।